नियम २३
सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्ट)
(१) ऐनको दफा १८ को उपदफा (१) र (२) बमोजिम. सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्ट) लिन चाहने व्यक्तिले देहाय बमोजिमका कागजात र अनुसूची-२ बमोजिमको ढाँचामा अनुसूची-४ बमोजिमको दस्तुर संलग्न गरी विभाग वा नियोगमा निवेदन दिनु पर्नेछ:-
(क) नागरिकताको प्रमाणपत्रको सक्कल बा राष्ट्रिय परिचयपत्र लिएको भए राष्ट्रिय परिचयपत्रको सक्कल र सोको प्रतिलिपि,
(ख) बहाल अवधि बाँकी रहेको साधारण राहदानीको सक्कल र सोको प्रतिलिपि,
(ग) निवेदक कार्यरत कम्पनीको पत्र र सोको परिचयपत्रको प्रतिलिपि,
(घ) पहिले कुनै सिम्यान्स् अभिलेख किताब (सिम्यान्स पासपोर्ट) लिएको भए सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्ट) को सक्कल र सोको प्रतिलिपि,
(ङ) निवेदक जुन पदमा कार्यरत हो सो पदका लागि लिएको तालिमको प्रमाणपत्रको प्रतिलिपि ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गरी -विभाग वा नियोगले सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्ट) जारी गर्नेछ ।
(३) उपनियम (२) बमोजिम जारी गरिने सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्ट) को बहाल अबधि निजको सेवा अवधि र उमेर समेतलाई बिचार गरी बढीमा दश वर्षको हुनेछ ।
(४) उपनियम (२) बमोजिम नियोगबाट जारी गरिएको सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्ट) को बिवरण नियोगले मासिक रुपमा विभागमा पठाउनु पर्नेछ।
(५) उपनियम (२) बमोजिम निबेदन जाँचबुझ गर्दा रीत नपुगेको वा आवश्यक कागजात पेश नभएको कारण सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपार्ट) जारी हुन नसक्ने भएमा विभाग वा नियोगले निवेदनमा सोही व्यहोरा जनाई सोको जानकारी निवेदकलाई दिनु पर्नेछ। त्यसरी सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्ट) जारी हुन नसकेमा निवेदनसाथ दाखिल गरेको दस्तुर फिर्ता हुने छैन ।